२०७८,श्रावण,१९,मंगलवार

राज्यलक्ष्मी गोल्छादेखि कमल थापालाई टक्कर दिनेसम्म लोहनीको पार्टीबाट समानुपातिकमा (सूचीसहित)

२०७४,कार्तिक,१८,शनिवार ०६:१९


काठमाडौं, १८ कात्तिक– प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उद्योगी राज्यलक्ष्मी गोल्छा समेत समानुपातिक बन्दसूचिमा परेकी छिन् । उनी यसअघि एमालेको कोटामा समानुपातिक सांसद भएकी थिइन् दोस्रो संविधानसभा निर्वाचनमा एमालेको समानुपातिक सांसद भएपनि एमालेकै ह्विप उलंघन गर्दै आएकी थिइन् एराप्रपाको बन्दसूचिमा राज्य लक्ष्मी खस आर्य कोटामा पहिलो नम्बरमा रहेकी छिन् । उनको नाम एराप्रपामा देखिएसँगै उनले एमाले परित्याग गरेको खुलासा भएको छ । प्रतिनिधिसभातर्फ एराप्रपाबाट १०९ जनाको बन्दसूचि बुझाइएको छ जसमा तत्कालिन राप्रपामा हुँदा कमल थापासँग प्रतिस्पर्धा गर्ने प्रदीप विक्रम राणाको समेत नाम समेत रहेको छ । उनी राप्रपाको एकता महाधिवेशनमा अध्यक्षमा कमल थापासँग लडेका भएपनि भारी मतले पराजित भएका थिए बन्दसूचिमा डा. लोहनीको नाम भने उल्लेख छैन यस्तै सातैओटै प्रदेशसभातर्फ एप्रपाले बुझाएको समानुपातिक बन्दसूचि पनि आयोगले सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१८,शनिवार ०६:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी गठबन्धनका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । मंगलवार विपक्षी गठबन्धनका ३४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठक बोलाएका छन् । नेता नेपालले बधुवारका लागि आफू पक्षीय

काठमाडौं । नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले विदेश जाने श्रमिकहरु खोप लगाएको प्रमाणित गर्न भीडभाड गर्दै लाइनमा बस्नुपरेको भन्दै त्यसलाई

ताजा समाचार

डोटीमा डेढ अर्बभन्दा बढी बजेट फ्रिज
 २०७८,श्रावण,१९,मंगलवार १६:२०
पारसको निर्णय अप्रत्यासित : क्यान अध्यक्ष
 २०७८,श्रावण,१९,मंगलवार १६:००