राज्यलक्ष्मी गोल्छादेखि कमल थापालाई टक्कर दिनेसम्म लोहनीको पार्टीबाट समानुपातिकमा (सूचीसहित)

राज्यलक्ष्मी गोल्छादेखि कमल थापालाई टक्कर दिनेसम्म लोहनीको पार्टीबाट समानुपातिकमाकाठमाडौं, १८ कात्तिक– प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उद्योगी राज्यलक्ष्मी गोल्छा समेत समानुपातिक बन्दसूचिमा परेकी छिन् । उनी यसअघि एमालेको कोटामा समानुपातिक सांसद भएकी थिइन् दोस्रो संविधानसभा निर्वाचनमा एमालेको समानुपातिक सांसद भएपनि एमालेकै ह्विप उलंघन गर्दै आएकी थिइन् एराप्रपाको बन्दसूचिमा राज्य लक्ष्मी खस आर्य कोटामा पहिलो नम्बरमा रहेकी छिन् । उनको नाम एराप्रपामा देखिएसँगै उनले एमाले परित्याग गरेको खुलासा भएको छ । प्रतिनिधिसभातर्फ एराप्रपाबाट १०९ जनाको बन्दसूचि बुझाइएको छ जसमा तत्कालिन राप्रपामा हुँदा कमल थापासँग प्रतिस्पर्धा गर्ने प्रदीप विक्रम राणाको समेत नाम समेत रहेको छ । उनी राप्रपाको एकता महाधिवेशनमा अध्यक्षमा कमल थापासँग लडेका भएपनि भारी मतले पराजित भएका थिए बन्दसूचिमा डा. लोहनीको नाम भने उल्लेख छैन यस्तै सातैओटै प्रदेशसभातर्फ एप्रपाले बुझाएको समानुपातिक बन्दसूचि पनि आयोगले सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?