‘विकास–निर्माणका काममा सरकार क्रियाशील छ’

लोकपथ
49
Shares
फाइल तस्बिर

बागलुङ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वर्तमान सरकार विकास–निर्माणका काममा क्रियाशील रहेको बताएका छन् ।  

आज बागलुङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारले विकास निर्माणका कामलाई प्रमुख प्राथमिकता दिएर तदनुरुप् काम गरिरहेको  बताए ।

आर्थिक विकासलाई केन्द्रमा राखेर वर्तमान सरकारले काम गरिरहेको र यो सरकार गठन भएपछि आर्थिक अवस्थामा पनि सुधार आएको उनको कथन थियो ।

यद्यपि उनले सन्तोष मानेर बस्ने बेला नभएको भन्दै अर्थतन्त्रलाई अझ सुदृढ बनाउन निजी क्षेत्रसँगको साझेदारीमा अझ धेरै काम गर्न बाँकी रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?