ज्ञानेन्द्रलक्षित प्रचण्डको टिप्पणी- ‘इतिहासको रछ्यानमा मिल्क्याइएका तत्त्वहरू फेरि सल्बलाए’

लोकपथ
2.4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै इतिहासको रछ्यानमा मिल्क्याइएका तत्त्वहरू सल्बलाएको टिप्पणी गरेका छन् । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । अध्यक्ष दाहालले अहिले देशमा राजनीतिक परिस्थिति चुनौतीपूर्ण रहेको दाबी गरे । उनले सरकारको उपलब्धि दिनप्रतिदिन नराम्रो हुँदै गएको र जनतामा सरकारप्रति आक्रोश र असन्तुष्टि पोखिँदै गएको बताए ।

उनले सरकारप्रतिको आक्रोश र असन्तुष्टिलाई लिएर पूर्वराजा शाहले पुनरागमन गर्न भन्दै दिवा स्वप्ना देख्ने गरेको बताए । उनले सरकारप्रतिको आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिहरूले आफ्नो आफ्नो हिसाबले प्रयोग गर्ने कोसिस गरिरहेको बताए । 

अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय संघ संस्थाले नेपाली कांग्रेस र नेकपा एमालेलाई तोकेरै ठगहरू हुन् भनेको आरोप लगाए । उनले अहिले देश ग्रे लिस्टमा पर्न लागेको र भ्रष्टाचारमा अग्रणी भएको बताए । सरकारलाई सिधै अन्तर्राष्ट्रिय संघ संस्थाले अपमानजनक ढंगले सरकार भ्रष्टाचारमा लिप्त भनेको पनि बताए । 

अध्यक्ष दाहालले अब माओवादी केन्द्र संघ र प्रदेशमा प्रतिक्रियावादी र दलालहरूसँग मिलेर सरकार बनाउनेतिर नजाने दाबी गर्दै आफ्नो खुट्टामा उभिने बताए ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?