खाडी मुलुकमा गएका नेपाली महिलाहरुको अवस्था जोखिमपूर्ण : मन्त्री राणा

लोकपथ
105
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गल्फ कर्पोरेशन काउन्सिल (जिसिसी) अन्तर्गतका देशहरूमा गैर कानुनी रूपमा गएका नेपाली श्रमिकहरूको सुरक्षा जटिल बनिरहेको बताएकी छन् ।

बिहीबार ओमानको मस्कटमा आयोजित आठौँ हिन्द महासागर सम्मेलनमा भाग लिएर स्वदेश फर्किएका मन्त्री राणाले यस्तो बताएकी हुन् । 

उनले उक्त समस्या समाधानका लागि विज्ञ समूह बनाएर काम अघि बढाउने बताइन् । नेपालका राजदुतहरुसँग भर्चुअल बैठक बसेर उक्त समस्या समाधान गर्न काम अघि बढाउने बताइन् । 

उनले गल्फ देशहरूमा गैर कानुनी रूपमा पुगेका नेपाली महिला श्रमिकहरू बढी असुरक्षित रहेको पनि बताइन् । उनीहरूलाई उद्धार गर्न सरकार र त्यहाँस्थित राजदूतावासले पनि धेरै काम गर्नुपर्ने जरुरी रहेको उल्लेख गरिन् । 

नेपालबाट चिकित्सक, इन्जिनियर लगायतका दक्ष जनशक्तिहरू धेरै पुगेको तर दक्ष जनशक्तिलाई पनि अदक्ष जनशक्तिकै जस्तो प्रक्रियामा समावेश गर्दा समस्या परिरहेको बताइन् । 

उनीहरूलाई कम्तीमा दुई वर्षको भिसा समय हुनुपर्ने व्यवस्थाले छोटो समयको लागि जानुपर्दा भिसा नपाउने समस्या रहेको उनको भनाइ छ  । उनले ओमान सरकारसँग पर्यटन प्रवर्द्धन सम्बन्धी सम्झौता भएको पनि उल्लेख गरिन् । 

उनले उच्च अध्ययनका लागि विदेश जाने कानुनी र गैर कानुनी विद्यार्थीको अध्यागमन तथ्यांक गृह मन्त्रबालयस्ँग माग्ने बताइन् । पर्यटक भिसामा जानेहरूको तथ्यांक पनि माग्ने बताइन् । प्रदेश स्तरमै भिसा दिन सक्ने व्यवस्था गर्ने गरी अघि बढ्न जरुरी रहेको उनको भनाइ छ । इरानका परराष्ट्रमन्त्रीसँग विपिन जोशीको रिहाइको बारेमा पहल गर्न आग्रह गरेको बताइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?