तास खेलिरहेको अवस्थामा चार जना पक्राउ

लोकपथ
735
Shares

कैलाली । जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–२  बस्ने ३५ वर्षीय अबनिश सिंहसहित ४ जनालाई बुधबार दिउँसो  पक्राउ गरेको हो । 

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १९ हजार ३ सय २५ रुपैयाँ, २ बुक तास र २ थान मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?