सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

लोकपथ
231
Shares

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुनमा  ५०० र चाँदीमा  १० ले वृद्धि भएको हो । 

बुधबार एक लाख ७० हजार ५०० मा किनबेच भएको सुनको मूल्य आज एक लाख ७१ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसैगरी, बुधबार  एक हजार ९८५ मा कारोबार भएको सोही परिमाणको चाँदीको मोल  एक हजार ९९५ कायम भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?