काठमाडौं । आजको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ। संविधान सभा सदस्य एवम् पार्टी पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएपछि आजको बैठक स्थगित भएको हो ।
५९ वर्षीय सापकोटाको काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।
उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेयबाट पीडित रहेका थिए । पोलिटब्युरो सदस्य टोकबहादुर वाइबाका अनुसार फोक्सोमा समस्या भएपछि यही फागुन ४ गते उनी उपचारार्थ उक्त अस्पतालमा भर्ना भएका थियो । दिवङ्गत नेता सापकोटाका पत्नी र एक छोरी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया