सुशासन अभावका कारण विकास निर्माणका कामले पूर्णता पाउन सकेन : सांसद नेम्वाङ 

लोकपथ
560
Shares

काठमाडौं । नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले मुलुकमा सुशासनको अभाव हुँदा विकास निर्माणका कामले पूर्णता नपाएको बताएका छन् । 

प्रतिनिधि सभाको मंगलबारको बैठकको विषेश समयमा बोल्दै उनले यस्तो बताएका हुन्  । उनले सुशासन अभावमा विकास निर्माणका कामले पूर्णता नपाउँदा जनतामा कष्टकर अवस्था सिर्जना भएको बताए ।

उनले इलामका बाटो र पुलहरू अलपत्र अवस्थामा छोडिएको बताए । उनले अलपत्र परेका विकास निर्माणका कामलाई पूर्णता दिन सरोकारवाला निकायसँग पहल गरिदिन समेत आग्रह गरे । 

उनले विकास निर्माणका काममा गम्भीरता साथ लाग्न ठेकेदार कम्पनीलाई दबाब दिनुपर्ने समेत बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?