काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणकारे सांसदहरुले सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकको आकस्मिक समयमा बोल्ने सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।उनीहरूको मृतक विद्यार्थी र उनको परिवारलाई न्याय दिन उच्चस्तरीय राजनीतिक एवं कुटनीतिक वार्ता गर्न माग गरेका छन् ।
बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारको कुटनीतिक असक्षमताका कारण उक्त विश्वविद्यालयमा असुरक्षा र अपमानजनक व्यवहार नेपाली विद्यार्थीले सामना गर्नुपरेको बताए । उनले मृतक विद्यार्थीको मृत्युप्रति दुःख व्यक्त गर्दै नेपाली विद्यार्थीहरूमाथि भएको अमानवीय क्रियाकलापको घोर निन्दा गरे । सिंगो संसद्ले उक्त घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद मनिष झाले नेपालको कुटनीतिक रणनीति कमजोर भएको भन्दै सरकारको आलोचना गरे । उनले नेपालको कुटनीतिक कमजोरीकै कारण विश्वविद्यालयका चौकीदारले समेत नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गरिरहेको बताए । उनले सरकारको दुई तिहाइको दम्भ संसद भवन र सिंहदरबार बाहेकका नागरिकले अनुभव गर्न नपाएको उनको भनाइ छ । उनले देशको सेवा प्रवाहमा समेत सुधार नभएको बताए । उनले मुलुकको कुटनीतिक संचरना नै सुधार गर्न जरुरी रहेको उल्लेख गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सरकारले उक्त घटनाको सत्यतथ्य छानबिन गर्न कूटनीति पहल गर्न माग गरे । सभाको आकस्मिक समयमा सांसदहरूले लम्सालको मृत्यु प्रकरणबारे गम्भीर छानबिन गर्नुपर्ने माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया