काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद विराजभक्त श्रेष्ठले संघीयता कार्यान्वयनका लागि आवश्यक ऐन र कानुन समयमै बन्न नसक्दा नागरिकमा नैराश्यता उत्पन्न भएको बताएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकको विषेश समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कानुन निर्माणको महत्त्वपूर्ण जिम्मेवार र दायित्व वहन गर्नुपर्ने संघीय संसद्ले नै कानुन निर्माण गर्न नसेको फेहरिस्तसहित प्रतिवेदन बनाएर बस्नुपरेको बताए ।
उनले संसद् र संसदीय समिति आवश्यक कानुन निर्माणमा अनिर्णयको बन्दी बनेर बस्नुपर्ने अवस्था आउनु डरलाग्दो अनिष्ठको संकेत भएको टिप्पणी गरे । उनले समयले कसैलाई पनि नपर्खिने हेक्का राख्दै कानुन निर्माणमा तीव्रता दिनुपर्ने मा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया