संविधान र व्यवस्थामाथि आक्रमण हुँदैछ : सांसद रोकाय

लोकपथ
112
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले पटक पटकका आन्दोलनबाट प्राप्त संविधान र व्यवस्थामाथि आक्रमण भइरहेको बताएका छन् । 

राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले परिवर्तनका लागि लड्नेहरुसँग कुनै साइनो नभएका व्यक्तिहरू संविधानमाथि प्रहार गर्दै राष्ट्रिय सभाको गरिमालाई कमजोर बनाउने प्रयासमा लागेको बताए ।

उनले संविधान र व्यवस्थामाथि प्रहार भइरहेकोले सबै राजनीतिक दलहरू गम्भीर बन्न समेत आग्रह गरे । उनले संविधान र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण जरुरी रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?