काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय सोविता गौतम र सुमना श्रेष्ठले संसद्मा बोल्न नदिएको भन्ने विषयमा सभामुखले ध्यानाकर्षण भएको जनाएका छन् ।
सांसदद्वय गौतम र श्रेष्ठले संसद्मा आफूहरुले बोल्न नपाएको भन्ने विषयमा गलत प्रचारबाजी भएको भन्दै सभामुख देवराज घिमिरेले चासो देखाएका हुन् ।
सांसद गौतमले गत माघ २७ गते पारित भएको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे बोल्न माघ २८ गते आकस्मिक समय मागेकी थिइन् । सभामुखले विधेयक पारित भइसकेका आकस्मिक विषय हुन नसक्ने बताएका थिए ।
विधेयक पारित गर्नुअघि नै सभामुखले कानुनमन्त्री, उपसभामुख तथा प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफल गरेको र त्यहीँ भएको सहमति अनुसार नै विधेयक अगाडि बढाएको भने पनि उनले प्रोसेस बिग्रिएको भन्दै बोल्न मागेकी थिइन् । तर, सोविताले बोल्न चाहेको विषय आकस्मिक नहुने भन्दै अरु नै विषय भए राख्न सक्ने सभामुखले जानकारी गराएको उनको सचिवालयले जनाएको छ ।
त्यस्तै फागुन ५ गते सोमबार बसेको प्रतिनिधि सभा बैठकको सुरुवातको जनाउ घण्टी बज्न सुरु भएपछि सांसद सुमनाले भारतमा नेपाली विद्यार्थी समस्यामा परेको भन्दै समय माग्न गरेकी थिइन् । सभामुख आफ्नो च्याम्बरबाट उठेर बैठक कक्षतिर प्रवेश गरेलगत्तै सुमना आएको र तर जनाउ घण्टी सुरु भइसकेको हुनाले त्यस विषयमा आफूले बुझ्न नपाएको सभामुखले जानकारी गराएको सचिवालयले जनाएको छ । त्यसो आकस्मिक समय सकिएर शून्य समयको कारबाही सुरु हुनुपूर्व सांसद सुमना श्रेष्ठले समय माग गरेकी गरिन् । तर सभामुखले समय उपलब्ध गराउन नसकिने भन्दै बस्न आग्रह गरेपछि उनी बैठकबाटै उठेर हिँडेकी थिइन् ।
‘जनाउ घण्टी सुरु भएकाले त्यस विषयमा मैले बुझ्न पाइनँ । तपाईंले अगाडि नै विषय जानकारी गराउनुभएको भए पनि हुन्थ्यो । उठाउने विषय हो भने (माननीय अशोक चौधरीतर्फ देखाउँदै) उहाँलाई भन्नुहोला, उहाँले राखे पनि हुन्छ । उहाँले समय लिइसक्नु भएको छ । मैले तपाईंको विषय बुझ्न समय भएन । या त भोलि राख्नुहोला’ भनेर निस्के । रास्वपा प्रमुख सचेतक सन्तोष परियार पनि सँगै थिए । दलीय अनुरोध पनि आएको होइन,’ सभामुखको भनाइलाई उद्धृत गर्दैै सचिवालयले भनेको छ ।
यदी आकस्मिक विषय उठाउने भए उपसभामुखले चेयर गरेको बेला सभामुखलाई बुझाएर राख्न सकिने तर त्यसको विरुद्ध संसदीय प्रक्रिया भन्दा बाहिर गएर सामाजिक सञ्जालदेखि मिडियाका लािग मसला बनाएको सभामुखको सचिवालयले खण्डन गरेको छ ।
‘आकस्मिक विषय उठाउने नै हुँदा उपसभामुखले चेयर गरेको बेला सभामुखलाई विषय बुझाएर राख्न सकिन्थ्यो । त्यो पनि अभ्यास छ । तर, संसदीय प्रक्रियाभन्दा बाहिर गएर, मिडिया, सोसल मिडियाबाट प्रेसर क्रिएट गर्न खोजिएको छ । सभामुखले अबका दिन पनि हाम्रा अभ्यास, कानुन, नियमावलीको व्यवस्था र दलीय समझदारीलाई नै हेर्ने हो,’ सचिवालयले भनेको छ ।
सभामुखसँग आकस्मिक समय माग्न बैठक सुरु हुनु आधा घण्टा अगाडि एभरेजमा २० देखि ३० जना सांसद सभामुखको च्याम्बरमा हुन्छन् । तीमध्ये सबैले समय पाउँदैनन् । समय पाउने ८ देखि १० जनाले हो । आकस्मिक समयमा नियमावलीले नै व्यवस्था गरेको भन्दा फरक विषय उठ्ने गरेको भन्दै कार्य व्यवस्थामै पटक पटक आवाज उठ्ने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया