२०७८,श्रावण,११,सोमवार

राज्यलक्ष्मी गोल्छादेखि कमल थापालाई टक्कर दिनेसम्म लोहनीको पार्टीबाट समानुपातिकमा (सूचीसहित)

२०७४,कार्तिक,१८,शनिवार ०६:१५


काठमाडौं, १८ कात्तिक– प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उद्योगी राज्यलक्ष्मी गोल्छा समेत समानुपातिक बन्दसूचिमा परेकी छिन् । उनी यसअघि एमालेको कोटामा समानुपातिक सांसद भएकी थिइन् दोस्रो संविधानसभा निर्वाचनमा एमालेको समानुपातिक सांसद भएपनि एमालेकै ह्विप उलंघन गर्दै आएकी थिइन् एराप्रपाको बन्दसूचिमा राज्य लक्ष्मी खस आर्य कोटामा पहिलो नम्बरमा रहेकी छिन् । उनको नाम एराप्रपामा देखिएसँगै उनले एमाले परित्याग गरेको खुलासा भएको छ । प्रतिनिधिसभातर्फ एराप्रपाबाट १०९ जनाको बन्दसूचि बुझाइएको छ जसमा तत्कालिन राप्रपामा हुँदा कमल थापासँग प्रतिस्पर्धा गर्ने प्रदीप विक्रम राणाको समेत नाम समेत रहेको छ । उनी राप्रपाको एकता महाधिवेशनमा अध्यक्षमा कमल थापासँग लडेका भएपनि भारी मतले पराजित भएका थिए बन्दसूचिमा डा. लोहनीको नाम भने उल्लेख छैन यस्तै सातैओटै प्रदेशसभातर्फ एप्रपाले बुझाएको समानुपातिक बन्दसूचि पनि आयोगले सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१८,शनिवार ०६:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीयताको खारेजी र धर्म निरपेक्षताबारेमा जनमत संग्रह गर्नुपर्ने आवाज उठ्नु सकारात्मक भएको

काठमाडौं । नेकपा एमालेका नेता रघुवीर महासेठले नेकपा एमाले कुनै पनि अवस्थामा विभाजन नहुने बताएका छन् । रिपोर्टस क्लव नेपालमा

काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ । माधव नेपाल पक्षीय

नेपाली कांग्रेसको १४औँ महाधिवेशन आउँदो भदौ १६ देखि १९ सम्म हुँदै छ । साउन १२ बाट हुने भनिएको वडा तहको

ताजा समाचार

एमाले विभाजन हुँदैन : रघुवीर महासेठ
 २०७८,श्रावण,११,सोमवार २०:५२