नेपालमा धर्मान्तरका लागि अर्बौँ खर्च भएको विषयमा सरकारले अमेरिकासँग जवाफ माग्नुपर्छ : सांसद राणा

लोकपथ
553
Shares

काठमाडौं । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबराले नेपालमा नास्तिकका फैलाउन अमेरिकाले अर्बौ खर्च गरेको विषयमा सरकारको जवाफ माग गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै राणाले खर्च भएको भन्ने अमेरिकी सांसदको भनाइप्रति लक्षित गर्दै नेपालमा धर्मान्तरका लागि १०० मिलियन रुपैयाँ भएको विषयको जानकारी उपलब्ध गराउन सरकारले अमेरिकी सरकारसँग माग गर्नुपर्ने बताए ।

त्यस्तै उनले यस विषयमा सरकार र सांसदहरूले खासै नबोलेको भन्दै गम्भीर हुनुपर्नेमा जोड दिए । पहिलो र दोस्रो जनआन्दोलनपछि नेपालमा नेपाली जनताको चाहना बेगर नै देशलाई धर्म निरपेक्ष बनाइएको उनको भनाइ छ ।

‘नेपाललाई धर्म निरपेक्ष बनाएको कारणबारे अहिले खुलिरहेको छ। ९४ प्रतिशत ओमकार परिवारको बसोबास भएको राष्ट्रका कसैलाई पनि यो कुरा चित्त बुझेको छैन,’ राणाले भने ।

त्यस्तै उनले नेपाललाई पुनः धर्म सापेक्ष नेपाल अधिराज्य अर्थात राजासहितको प्रजातन्त्रमा परिणत गर्न लागिपर्नुपर्ने माग गरे ।

‘जनता यो विषयलाई लिएर चुप लागेर बस्ने स्थिति छैन। भोलि आन्दोलन हुन्छ र यो अन्यायलाई जनताले ठिक पार्छन् वा सुधार्छन्। यो कुरा हामी सबैलाई थाहा छ। त्यो बेला यहाँ रहेका माननीय सदस्यहरूलाई अप्ठ्यारो पर्ने स्थिति हुनसक्छ,’ उनले भने ।

भारतीय संसद्मा स्वर्गीय मनमोहन सिंहको पालामा नेपालमा धर्मान्तर फैलाउन अर्बौँ खर्च भएको भन्ने विषयमा कुरा उठेको थियो । त्यसो त त्यसअघि अमेरिका एक सांसदले नेपालमा धर्मान्तरका लागि अर्बौँ खर्च भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?