प्रधानमन्त्रीलाई प्रभु शाहका ८ कठिन प्रश्न : संसद्मै झपारे, दिएनन् उत्तर

लोकपथ
12.1k
Shares

काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरुले प्रश्नोत्तर भयो । राष्ट्रिय महत्वका विषयदेखि सरकारको कामकारबाहीसम्म प्रधानमन्त्री ओलीमाथि सांसदहरुको प्रश्न थियो ।

प्रश्नोत्तरका क्रममा स्वतन्त्र सांसद प्रभु शाहले सोधेका प्रश्नमा भने प्रधानमन्त्री ओलीले उत्तर दिएनन् । शाहले प्रश्न सोधिसकेपछि ओलीले उनको कुनै जवाफ नै नदिइकन संसद् र आफ्नो मानमर्दन गरेको भन्दै आक्रोश व्यक्त गरे ।शाहले प्रधानमन्त्री ओलीमाथि विभिन्न ८ प्रश्न राखेका थिए ।

शाहले प्रधानमन्त्रीसमक्ष राखेका प्रश्न यस्ता छन् :

(१) नेपाली नागरिकता त्यागेर विदेशी हुनेहरूको संख्या कति छ ? उनीहरूको पैत्रिक सम्पत्ति के कति थियो र अहिले कुन अवस्थामा छ रु ती अबैध सम्पत्तिहरूलाई राज्यको जिम्मामा ल्याउन तपाईले के के गर्नुभयो ? खुलेआम अवैध बाटोबाट ती अवैध सम्पत्तिहरू विदेश लैजादा रोक्न नसक्ने तपाईलाई हामीले सक्षम भन्ने कि असक्षम प्रधानमन्त्रीज्यू ती अवैध सम्पतिलाई किन रोक्न राक्नुभएन ?

(२) झण्डै ७० लाख भन्दा बढि नेपाली युवाहरू अहिले वैदेशिक रोजगारमा छन्। उनीहरूको श्रम समझौतानुसार प्रत्येक वर्ष झण्डै ४० वर्ष भन्दा बढि रेमिट्‌यान्स आउनुपर्ने हो ? तर अहिलेसम्मको रिपोर्ट बुझ्दा यो वर्ष जम्मा १३(१४ खर्ब आउने संभावना छ। मेरो प्रश्न छ( हाम्रा नेपाली युवाले विदेशमा खुन पसिना बगाएर कमाएको पैसा नेपालमा किन ल्याउनुभएन ? के नेपाली युवाहरू भ्रष्टाचारीहरूको कालाधन साँट्नलाई विदेशमा मरिरहेका छन ? होइन भने संख्याको अनुपातमा रेमिट्यान्स किन आएन ?

(३) वैदेशिक रोजगारमा जाने नेपाली मजदुरहरूले विदेशमा आफ्नो ट्रेड युनियनको हक पाएका छैनन्। किन ट्रेड यूनियनको हक नपाउनेगरी श्रम सम्झौता गर्नुभयो ? अहिलेको २१औं शताब्दीमा नेपाली मजदूरलाई दासता र नारकीय जीवनमा धकेल्दा तपाईहरूले के कति लाभ पाउनुभएको हो ?

(४) नेपालमा जीडीपी र राजस्वको अनुपात हेर्दा सरकारले जीडीपीको झण्डै एक तिहाई राजस्व उठाउने गरेको छ। ५७ खर्ब जीडीपी रहेको हाम्रो देशमा केन्द्र सरकारले झण्डै १४ खर्ब भन्दा बढि राजस्व उठाउने, प्रदेश सरकारले झण्डै २ खर्ब र स्थानीय सरकारले पनि झण्डै ३ खर्ब राजस्व उठाउने लक्ष्य राखेको छ, जो जीडीपीको ३०५ हुन आउँछ। यसलाई कर आतंक नभने के भन्ने त प्रधानमन्त्रीज्यू ? यो कर प्रणालीले के हाम्रो अर्थतन्त्र उभो लाग्छ ?

(५) तपाईले सार्वजनिक रूपमा भारत भ्रमणमा जाँदैछु भन्नुभएको थियो, त्यो जादैछु भनेको कहिले हो ? निम्तो नै नआइकन किन जान्छु भन्नुभयो ? यसले देशको प्रतिष्ठामा आँच आएको अनुभूति हुँदैन ? प्रष्ट पारिदिन अनुरोध गर्दछु।

(६) यो सरकार दुई तिहाई बहुमतको हो, बलियो छ भन्नुहुन्थ्यो, तर आफैले ल्याएको अध्यादेश पारित गर्ने सामान्य बहमत नहुँदा अहिले विचल्लीमा परेको जस्तो अनुभूति हुदैन ? सत्ता-सहयात्रामा रहेका दलले नै अध्यादेश अस्विकार गर्ने निर्णय गरेपछि तपाई कुन नैतिकताले पदमा बस्न मिल्छ ?

(७) संघीय राजधानी जोड्ने सबै राजमार्गहरू अस्तव्यस्त छन्। तपाई किन एकपटक ऑफै ती राजमार्ग हुँदै यात्रा गर्नुहुन्न ? अहिले ती सडक(यात्राको क्रममा जनताको आन्द्रा-भुँडी खस्ने डर छ, दुर्घटनाबाट हुने क्षतिको जिम्मा कसले लिन्छ ?

(८) आवासविहीनहरूलाई घर बनाउन ुसुरक्षित आवासु भनेर जम्मा ७५ हजार दिनुहुन्छ, आजको युगमा ७५ हजारमा के घर बन्छ ? बन्दैन भन्ने थाहा हुँदाहुँदै तपाईंले किन आवासविहीन गरिव दलितहरूसँग मजाक गर्नुभयो ?

प्रधानमन्त्री ओलीको जवाफ यस्तो छ :

‘सभामुख महोदय उहाँका प्रश्नहरु, उहाँका मनमा रहेका विरोध, घृणा, आक्रोश आदीले अपमानजनक समेत रहेका छन् ।संसद्जस्तो गरिमामय ठाउँमा यस्तो भाषा, युवालाई विदेश पठाएर तपाईँलाई के लाभ भयो ? जस्ता भाषा ? म म्यानपावर कम्पनीको मान्छे हुँ ? अहिले म सरकारमा आएपछि आठ महिनाबाट सुरु भएको हो यो ? तपाईँले भन्या ७० लाख ८ महिनामा गएका हुन् ?,’ प्रधानमन्त्री ओलीको आक्रोश थियो ।

प्रधानमन्त्रीले आफ्नो प्रश्नको उत्तर नदिएपछि शाह आफ्नो आशनबाट उठेर पुनः प्रश्न गर्न खोजे । तर सभामुखले आफूले पहिल्यै सवालजवाफ नहुने भन्दै बस्न आग्रह गरे । शाह बसे । तर प्रधानमन्त्री ओली पुनः आक्रोशित बन्दै उनले सोधेका कुनै पनि प्रश्नको जवाफ दिन आवश्यक नरहेको भन्दै कटाक्ष गरे ।

‘सम्माननीय सभामुख महोदय, उहाँ मान्यजीले गुर्नभएको प्रश्नहरुमा खासै जवाफ दिइराख्नुपर्ने छैन । सबै प्रश्नको उत्तर आफैँले बोकेर आउनु भएको छ । त्यसो हुनाले मैले उत्तर दिनराख्नुपरेन मेरो धन्यवाद छ,’ ओलीले भने ।

त्यसो त संसद् चलेका बेला महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोउत्तर हुने गर्दछ । सांसदहरुले सोध्ने प्रश्न पहिले नै तयारी गरि प्रधानमन्त्री कार्यालयमा लगिन्छ । प्रश्न अनुसारका उत्तर तयार गरेर संसद्मा पुनः सांसदले सोधेपछि त्यसको जवाफ दिने परिपाटी रहँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?