मुलुक सामाजिक सुरक्षाको पासोमा पर्ने जोखिम छ : सांसद अर्याल

लोकपथ
483
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति एवं सांसद डोलप्रसाद अर्याल (डीपी अर्याल) ले सामाजिक संरक्षणलाई समयमै योगदानमा आधारित गर्न नसके मुलुक सामाजिक सुरक्षाको पासोको जोखिममा पर्नसक्ने निश्चित भएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बजेटको ठूलो हिस्सा भत्तामा जाने गरेको उल्लेख गर्दै सामाजिक सुरक्षाको मुद्दा झनै पेचिलो हुँदै गएको बताएका हुन् ।

उनले चालु आर्थिक वर्षको बजेटको १५ प्रतिशत रुपैयाँ भत्तामा खर्च भइरहेको उल्लेख गर्दै उनले यसले नयाँ पुस्तालाई उत्प्रेरित नगर्ने जिकिर गरे ।

बैठकमा बोल्दै उनले न्युनतम पारिश्रमिक र प्रभावकारी सामजिक सुरक्षा अभावमा लाखौँ युवाशक्ति विदेशीन बाध्य रहेको उनको भनाइ छ । उनले २०७४ सालमा बनेको योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको प्रभाकारी कार्यान्वयन गर्न सकेको भए लाखौँ नागरिकलाई सुरक्षित स्वास्थ्य सेवा र सुरक्षित प्रत्याभुति दिन सकिने भएपनि अब त्यस्तो अवस्था नरहेको बताए । म

उनले भने, ‘नगद हस्तान्तरणमा आधारित समाजिक संरक्षणलाई समयमै समयमै योगदानमा आधारित गर्न सकिएन भने अबको २० वर्षमा हाम्रो मुलुक सामाजिक सुरक्षाको पासोको जोखिममा पर्नसक्ने निश्चित जस्तै छ । बजेटको ठूलो हिस्सा यस्तै भत्ताहरुमा जान्छ । चालु बजेटमै पनि झन्डै पन्ध्र प्रतिशत पुगेको छ । यसबारे हामीले सोचका छौँ कि छैनौँ ? के यसले काम गर्ने नयाँ पुस्तालाई उत्प्रेरित गरिरहेको छ त ? समाभुख महोदाय न्युनतम पारिश्रमिक र प्रभावकारी सामजिक सुरक्षा अभावमा लाखौँ युवाशक्ति विदेशीन वाध्य छन् । २०७४ सालमा बनेको योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको प्रभाकारी कार्यान्वयन गर्न सकेको भए लाखौँ नागरिकलाई सुरक्षित स्वास्थ्य सेवा र सुरक्षित प्रत्याभूति दिन सकिन्थ्यो । त्यसैले सामाजिक सुरक्षा कोषको आवद्धता स्वेच्छिक हुन सक्दैन । यो अनिवार्थ नभई अपरीहार्य छ ।’

सामाजिक सुरक्षा कोषको आवद्धता स्वेच्छिक हुन नसक्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?