काठमाडौं । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरुको प्रश्नोत्तर चलिरहेको छ ।
सांसदहरुले विविध विषयमा लिखित संसद् सचिवालयलाई उपलब्ध गराएको र स्वंय संसद्मा सोधेको प्रश्नमा प्रधानमन्त्रीले उत्तर दिइरहेका हुन् । तर प्रधानमन्त्रीसँग प्रश्नोत्तरलाई सांसदहरुले महत्व नदिइएको पाइएको छ ।
प्रधानमन्त्रीले प्रश्नको जवाफ दिँदा सांसदहरुले ठूलै स्वरमा हल्ला गर्न थालेपछि सभामुख देवराज घिमिरेले आपत्ति जनाए । साथै प्रश्नोत्तर चलिरहँदा सभामुखले आपसमा हल्ला नगरी प्रश्नोत्तर सुन्न समेत आग्रह गरे ।
‘मान्य सदस्यहरु आपसमा कुराकानी नगरीकन प्रश्नको उत्तर सुन्न म अनुरोध गर्दछु,’ प्रश्नोत्तरको बिचमै सभामुख घिमिरेले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया