शानदार मःम पसलमा ग्याँस विस्फोटमा परेका थप एक जनाको मृत्यु

लोकपथ
3.9k
Shares

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शानदार मःम पसलमा ग्यास सिलिन्डर विस्फोट परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भई हाल काठमाडौं कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामा रहेका छन् ।

प्रहरीका अनुसार उनको शनिबार राति बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

गत बिहीबार सो मःम पसलको ग्यास विस्फोट हुँदा ११ जना गम्भीर घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?