समानुपातिकतर्फ प्राथमिकतामा परेका यी हुन् कांग्रेसका नेता

  समानुपातिकमा सम्भावना भएका कांग्रेस नेता   मधेसी महिला सीतादेवी यादव, चित्रलेखा यादव र मीनाक्षी झा क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा छन् । मधेसी पुरुष विनोद चौधरी, स्मृतिनारायण चौधरी र नागेन्द्रकुमार राय क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा छन् । खस–आर्य पुरुष बालकृष्ण खाण, दिलेन्द्र बडु, किशोरसिंह राठोर क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा छन् । खस–आर्य महिला सुजाता कोइराला, पुष्पा भुसाल र डा. डिला संग्रौला क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा छन् । आदिवासी जनजाति पुरुष बहादुरसिंह लामा, पूर्णबहादुर गुरुङ, पृथ्वीमान गुरुङ, धनबहादुर राना क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा छन् । आदिवासी जनजाति महिला ज्ञानकुमारी छन्त्याल, प्रमिला राई र महेन्द्रकुमारी लिम्बू क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा छन् । थारू पुरुष पद्मनारायण चौधरी, हरिनारायण चौधरी, दिलीप खवास गच्छदार क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा छन् । थारू महिला पार्वती डिसी, नमिताकुमारी चौधरी र सुमिना थरुनी क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा छन् । दलित पुरुष मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, प्रकाश रसाइली स्नेही क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा छन् । दलित महिला सुजाता परियार, लक्ष्मी परियार र विमला नेपाली क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा छन् । खस–आर्य पिछडिएको क्षेत्र पुरुष रामबहादुर विष्ट, जयपति रोकाय क्रमशः पहिलो र दोस्रो नम्बरमा छन् । खस–आर्य पिछडिएको क्षेत्र महिला रंगमती शाही, मैना कार्की, कुमारी राजु भट्ट बोहरा क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा छन् । मुस्लिम महिला सर्वत आरा खानम, जमिला मियाँ र नजबुल खाँ क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा छन् । मुस्लिम पुरुष अतहर कमाल मुसलमान र अब्दुल रहिम क्रमशः पहिलो र दोस्रो नम्बरमा छन् । खाणदम्पती नै समानुपातिकमा कांग्रेस सदस्य बालकृष्ण खाण र कांग्रेस नेतृ एवं खाणपत्नी मञ्जु पनि समानुपातिक उम्मेदवार भएका छन् । बालकृष्ण खस–आर्य पुरुषको पहिलो नम्बरमा छन् । मञ्जु खाण आर्य महिलाको पाँचौँ नम्बरमा छिन् । नयाँपत्रिकाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?