प्रधानमन्त्री व्यस्त बनेपछि पोखराको कार्यक्रममा गएका थिए अर्थमन्त्री पौडेल !

लोकपथ
4.6k
Shares

काठमाडौं । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली शनिबार त्यसतर्फ जाने कार्यक्रम थियो । तर प्रधानमन्त्रीको व्यस्तताको कारणले प्रधानमन्त्री ओलीको आग्रहमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल त्यहाँ गएका थिए ।

शनिबार दिउँसो भ्रमण वर्षको उद्घाटन समारोहमा रिमोटबाट बत्ति बालेर कार्यक्रम उद्घाटन गरिएको थियो । सो क्रममा उपप्रधानमन्त्री पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संयुक्त रुपमा कार्यक्रम उद्घाटन गर्दा बेलुनमा आगलागी हुँदा त्यहाँभित्रको हाइट्रोजन ग्यासले दुवैको शरिरमा आगलागी भएको थियो । दुवैको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । दुवैको अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रधानमन्त्री ओली प्रमुख अथिति रहने कार्यक्रममा उपप्रधानमन्त्री पौडेल गएको एमाले नेता डा. राजन भट्टराईले पुष्टि गरे ।

सामाजिक सञ्जालमा लेख्दै त्यति गम्भीर कार्यक्रमको तयारीमा सावधानी नअपनाइएको भन्दै आपत्ति जनाएका छन् ।

‘आज पोखराको कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्रीलाई भनिएकोमा प्र म जाननसक्ने भएपछि उपप्रधानमन्त्री जानुभएको भन्ने बुझियो । यति गम्भिर कार्यक्रमको तयारीमा जुन तहको सावधानी अपनाउन पर्ने हो त्यसमा केही कमी भएको हो कि ?,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?