अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्यको अवस्था बुझ्न गृहमन्त्री अस्पतालमा

लोकपथ
2.1k
Shares
फाइल तस्बिर

काठमाडौं । आगोले हाइट्रोजन भरिएको बेलुन फुट्दा घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको श्वास्थ्य सुधारोन्मुख रहेको छ ।

कीर्तिपुरस्थित बर्न अस्पालमा अहिले उपचार चलिरहेको छ । साथै अवस्था सामान्य हुँदै गएको अस्पताल प्रशासनले जनाएको छ ।

उनीहरुको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री रमेश लेखक अस्पताल पुगेका थिए । उनले उपचार राम्रो चलिरहेको र डाक्टरहरुले खतरामुक्त रहेको जानकारी दिएको बताए । साथै त्यस्ता किसिमका कार्य गर्दा सावधानी अपनाउन समेत आग्रह गरे ।

पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनमा आगो टिपेपछि उनीहरूको शरीरमा आगो सल्किएको थियो ।

दुवैलाई पोखरामा प्राथमिक उपचारपछि काठमाडौं ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?