रसुवा । जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कालिका गाउँपालिका–१ राम्चे बस्ने मीन लामा तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
तामाङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया