सत्तारुढ दलहरूको बैठकपछि गृहमन्त्री : ‘अध्यादेशहरू छिटै पारित हुन्छन्’

लोकपथ
693
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएको अध्यादेशहरू छिटै पारित हुने बताएका छन् । फागुन ६ गते बस्ने राष्ट्रिय सभाको बैठकबाट अध्यादेशको प्रक्रिया अघि बढाइने बताएका हुन् ।

उनले सरकारले जारी गरेको अध्यादेहरु संघीय संसद्को दुवै सदनका दर्ता भइसकेको र सत्ता पक्षीय दलहरुबीच पारित गर्ने सहमति बनेको उल्लेख गरे । 

उनले अब छिटै नै अध्यादेश पास हुने प्रक्रिया अघि बढ्ने र सत्तामा रहेका सबै राजनीतिक दलहरू सहमत रहेको बताए । भूमिसम्बन्धी अध्यादेशमा प्रतिस्थापन गर्दा सबै राजनीतिक दलहरुबीच छलफल गरेर सबैका भावना समेटिने गरी अघि बढ्ने बताए ।

सत्तारुढ दलहरुबीच सरकारले ल्याएको अध्यादेशहरू पारित गर्ने बारेमा शनिवार छलफल भएको हो । छलफल सकारात्मक रहेको र अध्यादेश छिटै स्वीकृत हुने बताए । 

गृहमन्त्री लेखकले संविधान संशोधनको विषयमा छलफल अघि बढाउने गरी कार्यदल बनाउन सहमत भइसकेको बताए । संविधान संशोधन सबै राजनीतिक दलहरूसँग संवाद, सहकार्य गरेर अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?