सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ

लोकपथ
238
Shares

बागलुङ ।  बागलुङको निसीखोला गाउँपालिका–६ सिंवाद्वार क्षेत्रमा लागेको आगो अझै निभाउन सकिएको छैन । शुक्रबार दिउँसो २ बजेदेखि लागेको आगो निभाउन अझै नसकिएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताए। 

सिंवाद्वार, सीप, तिग्रापानी, कोस्काँ, सुन क्षेत्रका सामुदायिक वनमा आगो लागेको हो । आगलागीका कारण उक्त क्षेत्रमा रहेका एक सयभन्दा बढी भेडीगोठ जोखिममा रहेको उनले बताए । 

आगो निभाउनका लागि स्थानीय र निसी प्रहरी चौकीबाट टोली खटिएको छ । अध्यक्ष मगरले भने, ‘आगालागी भएको क्षेत्र निसीखोलाका किसानहरुले भेडा चरनका रूपमा प्रयोग गर्ने ठाउँ हो, त्यहाँ एक सयभन्दा बढी गोठ र हजारौँको संख्यामा भेडाबाख्रा छन्, ती सबै आगलागीको जोखिममा छन् ।’आगलागीको कारण अझै पत्ता लागेको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?