लुम्बिनी । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठुलो परिणामको गाँजा र चरेशसहित सात जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागुऔषध नियन्त्रण ब्युरो भैरहवाबाट खटिएको संयुक्त टोलीले २० किलोग्राम चरेश र २१ किलोग्राम गाँजासहित त्यसमा संलग्न सात जनालाई पक्राउ गरेको हो ।
प्रहरीले रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४, वडा नम्बर ८ र तिलोत्तमा नगरपालिका वडा नम्बर १५ मा लागुऔषध कारोबार हुँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा लागुऔषध र कारोबारमा संलग्नलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठोरले जानकारी दिए ।
प्रहरीले धादिङ गजुरी गाउँपालिका वडा नम्बर ८ बस्ने ३३ वर्षीय दीपक तामाङ, सोही स्थानका ३६ वर्षीय सुनबहादुर तामाङ, ३१ वर्षीय नक्कलबहादुर तामाङ, ४१ वर्षीय प्रेमलाल तामाङलाई पक्राउ गरेको छ ।
त्यसैगरी रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ आदर्श नगर बस्ने २५ वर्षीय जीवन मल्लाह, तिलोत्तमा नगरपालिका वडा नम्बर १४ बस्ने २३ वर्षीय दीलिप केवट र स्याङ्जा गल्याङ्ग नगरपालिका वडा नम्बर १ बस्ने ३८ वर्षीय जीवनाथ पाण्डे रहेका छन् । प्रहरीले लागुऔषध कारोबारमा संलग्न उनीहरूको थप अनुसन्धान भइरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया