ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुई घाइते

लोकपथ
1.2k
Shares

काठमाडौं । मकवापुरको हेटौडा उपमहानगरपालिका-११ थानाभर्याङमा ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । ना ४ ख २४९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना १ ह ८३०८ नम्बरको अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । 

ट्रकको ठक्करबाट अटोमा सवार रहेकी मनहरी गाउँपालिका-६ खयरघारीकी ३५ वर्षीया पुजा बम्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा सिएमसी चुरेहिल अस्पताल मकवानपुरमा शुक्रबार राति मृत्यु भएको हो ।

सोही दुर्घटनामा अटो चालक राजु थिङ र मृतकको ११ वर्षीय छोरा अमृत घिसिङ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

 घाइते दुवैको सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

ट्रक, अटोसहित ट्रक चालक कान्छा राईलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?