अनुदान लिनै आउँदैनन् गरिब विद्यार्थी

काठमाडौँ, १८ कात्तिक- विश्व बैंकको सहयोगमा सञ्चालित उच्च शिक्षा सुधार परियोजनाअन्तर्गत कक्षा ११ देखि स्नातकसम्मका गरिब विद्यार्थीले आकर्षक अनुदान लिन त्यति चासो नदेखाएको पाइएको छ । विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिमार्फत कक्षा ११ देखि स्नातक तहसम्ममा अध्ययन गर्ने गरिब तथा जेहेनदार विद्यार्थीले छात्रवृत्ति पाउने भए पनि आवेदन दिने र अध्ययनलाई निरन्तरता दिनेको संख्या कम भएकाले कोटासमेत पूरा हुन सकेको छैन समितिका अनुसार अघिल्लो वर्ष कक्षा ११ मा पाँच सय विद्यार्थीलाई छात्रवृत्ति दिने कोटा निर्धारण गरेकामा तीन सयले मात्र पाएका छन् । समितिका कार्यकारी निर्देशक दिवाकर ढुंगेलका अनुसार प्रोक्सी मिन्स टेस्टिङ (पिएमटी) फारम भरेर गरिब भएको पुष्टि भएपछि कक्षा ११ र १२ का लागि प्रतिवर्ष १४ हजारका दरले २८ हजार रुपैयाँ पाउने व्यवस्था छ । कक्षा ११ र १२ मा साइन्स अध्ययन गर्ने विद्यार्थीलाई मात्र यस्तो अनुदान दिइन्छ , नयाँ पत्रिकामा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?