विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ

लोकपथ
189
Shares

काठमाडौं । विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौंको चन्द्रागिरी नगरपालिका–१० बोशीगाउँ बस्ने वीरेन्द्र महर्जनको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा वीरेन्द्र समेत ११ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।  प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ५० हजार १ सय १ रुपैयाँ, कौडा १८ थान र ३ बुक तास सहित पक्राउ गरेको हो । 

 त्यस्तै कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुर बस्ने अनिल केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका–३ बस्ने ५७ वर्षीय गोपाल घिमिरे समेत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । 

बर्दियाको बारबर्दिया नगरपालिका–९ बस्ने ३२ वर्षीय निराजन राजबंशीको होमस्टेमा जुवातास खेलिरहेको अवस्थामा राजापुर नगरपालिका–८ बस्ने ५४ वर्षीय बसन्त कुमार शर्मा समेत १४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यलाय मोतिपुर र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७१ हजार ५ सय २६ रुपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?