अग्निपरीक्षामा ७ पूर्वपरराष्ट्रमन्त्री

काठमाडौं, १८ कात्तिक- प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मनोनयन सकिएसँगै निर्वाचनमा पूर्वपरराष्ट्रमन्त्रीहरू कडा टक्करमा उत्रिएका छन् । हेभी वेट भिडन्तमा पूर्वमन्त्रीहरूसँगै उनीहरूको टक्कर देखिएको हो गोरखा–२ बाट मनोनयन दर्ता गराएका पूर्वपरराष्ट्रमन्त्री तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रकै पूर्वनेता डा. बाबुराम भट्टराईसँग भिड्दै छन् । नयाँ शक्ति पार्टीका संयोजक भट्टराई र नेता श्रेष्ठको चुनावी भिडन्तले सबैको ध्यान तानेको छ । दुवै नेता आफ्नो गृह जिल्ला पुगेर यतिखेर मत मागिरहेका छन्  वाम गठबन्धनका तर्फबाट नेता श्रेष्ठले उम्मेदवारी दिएका हुन् भने भट्टराईले कांग्रेसको समर्थनमा मनोनयन दर्ता गराएका हुन् । निर्वाचन परिणामसँगै संघीय नेपालको पहिलो प्रतिनिधिसभामा यी दुई प्रभावशाली नेतामध्ये एकको अनुपस्थिति रहनेछ अर्का पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतले काठमाडौं–५ बाट मनोनय दर्ता गराएका छन् । उनलाई वाम गठबन्धनका तर्फबाट एमालेका महासचिव ईश्वर पोखरेलले चुनौती दिँदै छन् । यसअघि सधंै नुवाकोटबाट चुनाव लड्दै आएका उनी यसपटक नुवाकोटबाट काठमाडौं सरेका हुन्, राजधानी दैनिकमा खबर छ नुवाकोटमा अर्का पूर्वपरराष्ट्र तथा पूर्वअर्थमन्त्री डा. रामशरण महत चुनावी प्रतिस्पर्धामा छन् । नुवाकोटबाट रामशरण र अर्जुननरसिंह केसी चुनावी मैदानमा होमिँदा उनी काठमाडौंमा झर्नुपरेको हो । पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरणलाई वाम गठबन्धनका उम्मेदवार पोखरेलले कडा टक्कर दिनेछन् अर्का पूर्वपरराष्ट्रमन्त्री तथा हालका बिनाविभागीय मन्त्री कृष्णबहादुर महरा दाङबाट चुनावी मैदानमा होमिएका छन् । पहिलो संविधानसभामा दाङबाटै विजयी भएका उनी दोस्रो संविधानसभा निर्वाचनमा रोल्पाबाट निर्वाचन जितेका थिए । रोल्पामा अहिले एउटा मात्र क्षेत्र भएपछि उनी फेरि दाङ फर्किएका हुन् दाङ–२ मा उनलाई कांग्रेसका राजु खनाल र संघीय फोरमका रामशरण यादवले चुनौती दिँदै छन् । अर्का पूर्वपरराष्ट्रमन्त्री कमल थापा मकवानपुर–१ बाट चुनावी मैदानमा होमिएका छन् । उनलाई कांग्रेसको समर्थन छ । थापालाई वाम गठबन्धनका तर्फबाट एमालेका विरोध खतिवडाले टक्कर दिँदै छन् अर्का पूर्वपरराष्ट्रमन्त्री उपेन्द्र यादव सप्तरी–२ बाट चुनावी मैदानमा छन् । उनलाई वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता उमेश यादव र कांग्रेसका सकलदेश सुतियारले चुनौती दिँदै छन् । उनलाई राजपाका उम्मेदवारले समेत चुनौती दिँदै छन् निर्वाचनमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले तालमेल गरेको भए पनि फोरम नेपालका अध्यक्ष यादवलाई राजपाका नेताले चुनौती दिएका छन् यादवविरुद्ध राजपा नेपालका सहमहामन्त्री जयप्रकाश ठाकुरले बागी उम्मेदवारी दिएका छन् । बागी उम्मेदवारी दिएका ठाकुर राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरका विश्वासपात्रका रूपमा चिनिन्छन् पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला यसपटक प्रत्यक्षतर्फ उम्मेदवार बनेकी छैनन् । उनी कांग्रेसको समानुपातिक सूचीमा समावेश छिन् । पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र माधवकुमार नेपाल पनि पूर्वपरराष्ट्रमन्त्री हुन् ओली झापा–५ बाट प्रतिस्पर्धा गर्दै छन् । नेपाल काठमाडौं–२ को चुनावी मैदानमा छन् । पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीका झक्कुप्रसाद सुवेदी र रौतहटमा बबन सिंहबाट नेपाल पराजित भएका थिए भने दोस्रो संविधानसभा निर्वाचनमा दुवै क्षेत्रबाट उनी विजयी भएका थिए परराष्ट्र मन्त्रालयका समेत जिम्मेवारी समालेका प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट चुनावी मैदानमा छन् । उनलाई बाम गठबन्धनका खगराज भट्टले चुनौती दिँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?