‘ल्याण्डमार्क होटल भैरहवा’ स्थापनाको एक वर्ष पूरा, चार तारे बनाउने तयारी

लोकपथ
224
Shares

काठमाडौं । सम्राट ग्रुपले सञ्चालनमा ल्याएको ‘होटल ल्याण्डमार्क भैरहवा’ ले स्थापनाको एक वर्ष पूरा गरेको छ ।

गत वर्ष फागुनबाट भैरहवामा तीन तारे होटल ‘ल्याण्डमार्क’ ले एक वर्षको अवधिमा राम्रो व्यवसायीक छलाङ मारेको पाइएको छ ।

रुपन्देहीको भैरहवास्थित शिद्धार्थनगर नगरपालिका–३ मा सञ्चालित होटल ल्याण्डमार्कले आन्तरिक साथै छिमेकी देश भारत र तेस्रो मुलुकबाट लुम्बिनी आउने पर्यटकहरुलाई सेवा दिइरहेको छ ।

होटल ल्याण्डमार्क भैरहवामा के–के छन् सुविधा ?

होटल ल्याण्डमार्क भैरहवामा कुल ४९ वटा सुविधासम्पन्न कोठाहरु रहेका छन् । जसमध्ये ३ वटा सुविधासम्पन्न ‘जुनियर स्वीट रुम’, ६ वटा सुपर डिलक्स रुम रहेका छन् । साथै पारिवारिक रुपमा सेवा लिन पुग्ने ग्राहकहरुका लागि समेत कोठाको व्यवस्थापन गरिएको छ । ३ वटा पारिवारिक रुम तथा ३७ वटा डिलक्स रुम गरी कुल ४९ वटा आरामदायी कोठाहरु रहेका छन् ।

यो एक वर्षको अवधिमा ६० प्रतिशत कोठाहरु ग्राहकहरुको सेवामा प्रयोग भएको होटल व्यवस्थापनले जनाएको छ । त्यस्तै ५० देखि ६० जना क्षमता भएको मिटिङ हल समेत रहेको छ । आगामी दिनमा ५०० जना अट्ने सेमिनार हल बनाउने तयारीमा रहेको होटल व्यवस्थापनले जनाएको छ ।

त्यतिमात्र नभइ आगामी दिनमा स्पासहित ३२ वटा अतिरिक्त कोठाहरु थप गर्ने तयारी होटल ल्याण्डमार्क भैरहवा रहेको छ । त्यसका साथै आगामी दिनमा सोभिनियर शप, डार्क बार तथा रुफ टपमा कोरोना बार समेत सञ्चालनको तयारीमा रहेको छ । हाल थ्री स्टार होटलको मान्यता पाएको होटल ल्याण्डमार्क भैरहवा आगामी दिनमा थप सेवा सुविधा थप गर्दै ‘फोर स्टार’ बन्ने तयारीमा छ ।

उत्कृष्ट सेवापछि ग्राहकको पहिलो रोजाइमा परेको ल्याण्डमार्क भैरहवाले एक वर्षको अवधिमा प्रत्यक्ष रुपमा आन्तरिक तथा बाह्य गरी १५ हजारलाई सेवा दिन सफल भएको जनाएको छ ।

५० करोडको लगानीमा सञ्चालनमा आएको ल्याण्डमार्क १० कठ्ठा क्षेत्रफलमा ५ वर्ष लगाएर निर्माण गरिएको थियो । सबै कोठा तथा शौचालय समेत घामको किरण प्रवेश गर्ने गरी निर्माण गरिएको छ । जसले स्वस्थ वातावरणको प्रतिनिधित्व गर्ने बताइएको छ ।

०४८ सालदेखि पोखरामा होटल एसिया नामबाट व्यवसाय सुरु गरिएकोमा रि–ब्राण्डिङसहित विभिन्न पर्यटकीय नगरीहरुमा समेत व्यवसाय विस्तार गरिसकेको छ ।

पैदल मार्ग हुँदै नेपाल भित्रिने भारतीय पर्यटकका लागि बेलहियाबाट ३ किलोमिटरको दूरिमा रहेको छ । जसकारण पनि भारतबाट नेपाल घुम्न तथा काम विशेषले आउनेहरुको पहिलो रोजाइमा होटल ल्याण्डमार्क भैरहवा रहेको छ ।

सीमा नजिक रहेका कारण भारत र नेपालबीच वैवाहिक समारोह समेत हुने गरेको छ । विवाह तथा अन्य समारोह नेपालमै गर्ने प्रवृत्ति बढेको कारण व्यवसाय थप विस्तारको तयारीमा समेत ल्याण्डमार्क रहेको छ ।

यो पनि…
होटेल ल्याण्डमार्कमा भ्यालेन्टाइन अफर, निःशुल्क स्टिमदेखि क्याण्डललाइट डिनरसम्म

*infomercial content

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?