शानदार मःम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइतेमध्ये दुई जनाको मृत्यु

लोकपथ
175
Shares

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शानदार मःम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका  एसपी अपिलराज बोहराका अनुसार कीर्तिपुर बर्न अस्पतालमा उपचार गराइरहेका रविन राई र भीमबहादुर घलेको मृत्यु भएको हो । 

गत बिहीबार सो मःम पसलको ग्यास विस्फोट हुँदा ११ जना गम्भीर घाइते भएका थिए । उनीहरू कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?