कञ्चनपुरमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु, चालक फरार

लोकपथ
154
Shares

काठमाडौं । कञ्चनपुरमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु भएको छ । आइतबार साँझ सवा ५ बजेतिर बेलडाँडी गाउँपालिका–३ खैरिघाटमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने मीनबहादुर कुँवरका २ वर्षीय छोरा सुशान्त रहेका छन् । बेलडाँडीबाट कलकत्ता जाँदै गरेको सुपप्र ०१–००१ ख ३६१० नम्बरको बसको ठक्करबाट घटनास्थिल मै बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस प्रहरीले नियन्त्रणमा लिएपनि चालक भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?