ढुंगा निकाल्ने क्रममा पहिरो झर्दा एकको मृत्यु, एकजना घाइते

लोकपथ
63
Shares

अछाम । अछामको मेल्लेख गाउँपालिका–५ को कौलेनामा पहिरो झरेर पुरिँदा एक जनाको मृत्यु भएको छभने एकजना घाइते भएका छन् ।

आज दिउँसो ढुंगा निकाल्ने क्रममा एक्कासि माथिबाट पहिरो झर्दा मेल्लेख–५ का ६३ वर्षीय नरबहादुर खड्काको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी भण्डारीले जानकारी दिए ।

उनका अनुसार सोही पहिरोमा परी मृतकका भतिजा ४८ वर्षीय भीमबहादुर खड्का घाइते भएका छन् । घाइतेको कम्मर र शरीरको पछाडिको भागमा चोट लागेको जनाउँदै प्रनाउ भण्डारीले उनलाई थप उपचारको लागि मेल्लेख गाउँपालिकाको एम्बुलेन्समार्फत न्याय हेल्थ अस्पताल बयालपाटा पठाइएको बताए ।

उनका अनुसार प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद लामिछानेको नेतृत्वमा प्रहरी टोली खटाएर घटनाबारे थप अनुसन्धान थालिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?