चुनाव लड्न यसकारण डराए नेताहरु

काठमाडौँ, १८ कात्तिक- चुनावमा प्रचारप्रसार र कार्यकर्ता परिचालन खर्चिलो हुँदै गएपछि प्रभावशाली नेताहरू नै प्रत्यक्षबाट उठ्न हच्किएका छन् । उनीहरू सकेसम्म समानुपातिकमा परेर आफ्नो राजनीतिक भविष्य सुरक्षित पार्ने कसरतमा छन्, कान्तिपुरमा खबर छ कांग्रेसका सर्लाही सभापति नागेन्द्रकुमार राय र पूर्वसभापति लक्ष्मण रायले पनि यसपटक प्रत्यक्षमा लड्न रुचि देखाएनन् उनीहरू समानुपातिकमा पारिएका छन् । संविधानसभा चुनावमा दुवै नेता प्रत्यक्षबाट लडेका थिए । एमाले पूर्वजिल्ला उपाध्यक्ष राजनारायण साह पनि यसपटक समानुपातिक सिफारिसमा छन् । उनी संविधानसभा चुनावमा दुईपटक प्रत्यक्षबाट उठेका थिए । चुनाव खर्चिलो हुँदै गएपछि धेरै खर्च गर्न नसक्ने नेताले समानुपातिक रोजेका हुन् । यसले गर्दा दलहरूलाई संघीय र प्रदेश चुनावमा प्रभावकारी उम्मेदवार पाउन कठिन हुन पुग्यो २ नम्बर क्षेत्रमा यसअघि एमालेबाट साह चुनाव लड्दै आएका थिए । उनले चुनावी खर्च थेग्नै नसक्ने अवस्था भएपछि प्रत्यक्षमा लड्न नसकेको बताए । ‘स्थानीय चुनावमै बढी खर्च भएको देखियो,’ उनले भने, ‘यस्तो अवस्थामा करोडौं खर्चेर प्रत्यक्षमा लड्न सकिँदैन ।’अघिल्ला चुनावमा ठूलो रकम खर्चिएर पनि चुनाव नजितेकाहरू यसपालि हतास देखिन्छन् । कांग्रेसका वर्तमान र पूर्वसभापति दुवै नेता अघिल्ला दुई चुनावमा भएको खर्चबाटै तर्सिएका छन्   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?