लेबनानमा १० वर्षसम्म नेपाली युवतीको श्रमशोषण

काठमाडौँ, १८ कात्तिक- लेबनानमा १० वर्षदेखि घरेलु श्रमशोषणमा रहेकी नेपाली युवतीलाई त्यहाँको प्रहरीले उद्धार गरी नेपाल फर्काएको छ । मालिकद्वारा घरमै लुकाएर राखिएकी कालिका गाउँपालिका, रसुवाकी ३१ वर्षीया सोनाम मोक्तानलाई लेबनान प्रहरीले उद्धार गरी नेपाल पठाएको हो मोक्तान रित्तै घर फर्किएकी छन् । उनले तलबबापत मात्र ३३ हजार अमेरिकी डलर (झन्डै ३४ लाख ६४ हजार रुपैयाँ) पाउनुपर्ने थियो । लेबनानी मानव अधिकारवादीको चर्को दबाबपछि प्रहरीले मालिकको घरबाट सोनामलाई उद्धार गरेको थियो । सोनामलाई मालिक (स्पोन्सर) ले भिसा नलगाई गैरकानुनी हैसियतमा राखेको थियो । उनलाई दुई सातासम्म डिपोर्टेसन सेन्टरमा राखेर नेपाल पठाइएको हो, कान्तिपुरमा खबर छ   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?