काठमाडौं । चितवनको साहरा सहकारी ठगी प्रकरणमा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको थुनछेक बहस सकिएको छ ।
जिल्ला अदालत चितवनको थुनछेक बहस सकिएसँगै आजै थुनछेक आदेश आउनेछ । जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजसालमा बुधबार र बिहीबार थुनछेक बहस भएको थियो । आज थुनछेक बहससँगै जवाफी बहस पनि सकिएकाले आदेशको तयारी गरिएको हो ।
साहरा सहकारीको रकम हिनामिना प्रकरणमा लामिछाने बुधबार आफैँ अदालतमा उपस्थित भएका थिए । हिजो थुनछेक बहस नसकिएपछि अदालतले रविलाई प्रहरीको जिम्मा लगाएको थियो ।
त्यसो त यसअघि नै लामिछानेलाई तीन अदालतले धरौटीमा रिहा गर्न आदेश दिइसकेको छ । जिल्ला अदालत कास्कीले ६५ लाख, जिल्ला अदालत काठमाडौंले ६० लाख र जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
सहकारी ठगी प्रकरणमा पर्सा जिल्ला अदालतमा समेत मुद्दा दर्ताको तयारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया