सरकारले ल्याएको अध्यादेश आज दुवै सदनमा निर्णयार्थ प्रस्तुत नहुने

लोकपथ
98
Shares

काठमाडौं । सरकारले संसद्मा पेस गरेको ६ वटा अध्यादेश आज संसद्मा निर्णयार्थ प्रस्तुत नगर्ने भएको छ ।

राष्ट्रिय सभामा अध्यादेश पास गर्ने अंकगणित नपुगेका कारण संसद्को कार्यसूची फेरिएको हो ।

राष्ट्रिय सभामा अध्यादेश पारितका लागि जनता समाजवादी पार्टी (जसपा) निर्णायक रहेको छ । तर जसपाले विभिन्न माग राखेका कारण अहिले नै सहमत हुन सकेन । जसकारण आज दुवै सदनको बैठकमा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहे पनि अन्तिम अवस्थामा हटाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?