काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले अध्यादेशका पक्षमा उभिन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।
आज बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले आफ्ना सांसदहरुलाई अध्यादेशको पक्षमा उभिन निर्देशन दिएको हो ।
सरकारले संसद्मा पेस गरेको विभिन्न ६ अध्यादेशहरु निर्णायार्थ प्रस्तुत गर्ने तयारी गरेको छ ।
जसअनुसार बैठकमा अनिवार्य उपस्थित भएर अध्यादेशको पक्षमा रहन निर्देशन दिइएको हो ।
त्यस्तै राष्ट्रिय सभामा अध्यादेश पारितका लागि जसपा नेपाल निर्णायक शक्ति रहेको छ । तर जसपाले निष्कर्ष ननिकाल्दा आज ती अध्यादेशहरु निर्णायार्थ प्रस्तुत गर्ने कार्यसूचीबाट सरकार पछि हटेको समेत बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया