काठमाडौं । हालै सरकारले जारी गरेका अध्यादेशबारे निर्णय गर्न उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को संसदीय दलको बैठक बसेको छ ।
आजको बैठकमा अध्यादेश अध्ययन कार्यदलले प्रतिवेदन बुझाउने र सोही अनुसार निर्णय गर्नेछ ।
त्यसअघि अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटघाट गरेका छन् ।
आफ्नो दलको संसदीय दलको बैठक अघि देउवालाई भेट्न उपेन्द्र संघीय संसद् भवन नयाँ बानेश्वर पुगेका थिए । त्यहाँ देउवासँग केहीबेर छलफल गरेपछि प्रधानमन्त्री ओलीलाई भेट्न उपेन्द्र प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए । ओली देउवा दुवैसँग भेटेपछि अहिले जसपा नेपालको बैठक जारी रहेको छ । राष्ट्रिय सभामा अध्यादेश पारितका लागि जसपा नेपाल निर्णायक देखिएपछि उनले त्यसबारे निर्णय गर्न बैठक बोलाएका हुन् ।
त्यसो त यसअघि जसपा सांसद राजकिशोर यादवको नेतृत्वमा गठित अध्ययन कार्यदलले विभिन्न विज्ञहरुसँग छलफल गरेको थियो । आजको बैठकमा कार्यदलले प्रतिवेदन पेस गर्ने र निर्णय गर्ने कार्यसूची रहेको छ ।
यसअघि नै संघीय संसद्का दुवै सदनमा अध्यादेश पेस भइसकेको छ । आज बस्ने प्रतिनिधि सभा बैठकमा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया