लगातार तेस्रो दिन पनि बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?  

लोकपथ
357
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। गत मंगलबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको हो।

मंगलबार सुनको भाउ प्रतितोला एक हजार नौ सय रूपैयाँ, बुधबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ र बिहीबार प्रतितोला एक हजार ६ सय रूपैयाँ बढेको हो। यो तीन दिनमा सुनको भाउ प्रतितोला पाँच हजार सात सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला एक हजार नौ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय ८० रूपैयाँ किनबेच भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?