काठमाडौं । कमलपोखरीस्थित सानदार मोमो पसलमा आज बिहान ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराका अनुसार सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका हुन् ।
घाइते सबैको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया