काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनस्थित ल्होत्से हलमा बैठक सुरु भएको हो ।
यसअघि गत माघ १८ गते पनि बैठक बसेको थियो । उक्त बैठकमा कांग्रेसका मन्त्री र पदाधिकारीहरुले बोल्न बाँकी रहेकाले आज पुनः बैठक बोलाइएको हो ।
आजको बैठकमा संसद्को जारी अधिवेशन, पाथिभरामा केबलकार निर्माणका क्रममा भएको घटना लगायत तथा सरकारले हालै ल्याएको अध्यादेशका विषयमा समेत छलफल हुनेछ ।
आज दिँउसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ । सो बैठकको तयारीस्वरुप पनि आजको बैठक बोलाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया