काठमाडौं । धनगढीको नोभा हस्पिटलमा बिरामी कुरुवा मृत अवस्थामा फेला परेका छन् । बुधबार राति कञ्चनपुरको वेदकोट नगरपालिका-६ सिसैयाका रवीन्द्र राना हस्पिटलको शौचालयमा लडेको अवस्थामा मृत भेटिएका हुन ।
राति २ बजेतिर शौचालय गएका राना धेरै बेरसम्म नफर्किएपछि हस्पिटलका सुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
राना १७ महिनाका भतिजा दिभानको कुरुवा बसेका थिए । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया