काठमाडौं । चितवनमा जंगली हात्ती मकुनाको गोली लागेर मृत्यु भएको छ। जंगली हात्ती मकुनाको निकुञ्ज सुरक्षाकर्मीले नै चलाएको गोली लागेर मृत्यु भएको हो ।
बस्ती छिरेर तर्साउने हात्तीलाई तर्साउन निकुञ्ज सुरक्षाकर्मीले चलाइएको गोली लागेर हात्तीको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
बुधबार हात्ती स्वीप गस्ती टोलीले स्वीपिङ गस्ती गर्दै जाने क्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा मकुना अकस्मात् फेला परेको थियो । घरपालुवा हात्ती (चुरेगज) लाई आक्रमण गर्न आएकोले अन्य विकल्प नभएको अवस्थामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २१ मा भएको व्यवस्था बमोजिम आत्म सुरक्षाको लागि २ राउण्ड वार्निङ हवाई फायर गरिएको निकुञ्जले जनाएको छ ।
‘हवाई फायर गर्दा पनि नभागी हात्तीलाई आक्रमण गर्न आउँदा सानो हात्ती खगेन्द्रप्रसादमा सवार रेञ्जर श्याम तामाङ हात्तीबाट खसेकोले ज्यानको सुरक्षा गर्न अत्यन्तै कठिनाइ भएको कारण ३ राउन्ड फायर गर्दा केही पर भागी पुनः फर्किएर आक्रमण गर्न आएकोमा थप १ राउन्ड फायर गर्दा मुकुना अन्यत्र भागेको’, विज्ञप्तिमा भनिएको छ, ‘पछि खोज्दै जाने क्रममा करिब १ किमी टाढा ढलेको अवस्थामा साढे १ बजे फेला परेको ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया