भन्सार कार्यालयहरू अस्तव्यस्त छैनन्, कर्मचारी व्यवस्थापनले भन्सारमा समस्या छ : भन्सार प्रमुखहरू

लोकपथ
84
Shares

काठमाडौं । भन्सारसम्बन्धित निकायहरूले देशभरका सबै भन्सार कार्यालयहरू अस्तव्यस्त नभएको दाबी गरेका छन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा बोल्ने भन्सारसँग सम्बन्धित निकायका प्रमुखहरूले यस्तो दाबी गरेका हुन् । 

प्रमुखहरूले भन्सारका सबै निकायहरूमा दक्ष कर्मचारीहरू व्यवस्थापन गर्न नसक्दा भन्सारमा समस्या रहेको उल्लेख गरे । उनीहरूले दक्ष जनशक्ति अभावको कारण भन्सार कार्यालयहरूमा प्रविधिमैत्री रूपमा काम हुन नसकेको उल्लेख गरे ।

उनीहरूले भन्सारमा काम गर्ने सबै कर्मचारीहरू फटाहा नभएको भन्दै ९० प्रतिशत कर्मचारीहरू देशको लागि काम गरिरहेको बताए । भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले भन्सारमा रहेका सबै कर्मचारीहरू इमान्दार भएर काम गरेको बताए । उनले ९० प्रतिशत कर्मचारीहरू इमान्दार भएर काम गरिरहेको उल्लेख गरे ।

उनले जोखिम मोलेर भन्सारका कर्मचारीदेखि सुरक्षाकर्मी समेतले काम गरिरहेको दाबी गरे । उनले भन्सारमा काम गर्ने कर्मचारीहरू जोखिम मोलेर काम गरिरहेको उल्लेख गरे । उनले केही ट्रेड युनियन,राजनीतिक पार्टीको दबाब प्रभावमा जाने,कारबाही गर्न खोज्दा डेलिकेशन आउने,नियमनकारी निकाय कर्मचारी विरुद्ध मुद्दा हालेर ह्यारेस गर्ने प्रवृत्ति बढेको बताए  ।

उनले कर्मचारी व्यवस्थापनमा पनि समस्या भएको भन्दै भन्सारमा दक्ष जनशक्तिको अभाव रहेको बताए । उनले कर्मचारी व्यवस्थापनको लागि आवश्यक कदम चाल्न आवश्यक रहेको तर भन्सार अस्तव्यस्त नभएको दाबी गरे ।

आन्तरिक राजश्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले मुख्य गरेर राजश्वको आधार भनेको पैठारीमा आधारित भएकाले  राजश्वको मूल स्रोत भनेकै पैठारी भएको बताए । उनले पैठारी व्यवस्थित भए मात्रै आन्तरिक राजश्व पनि प्रभावकारी हुने बताए । उनले भन्सार र खुला सीमा व्यवस्थित नगरेसम्म भन्सारमा समस्या हुने उनको भनाइ छ  ।

उनले भन्सारलाई व्यवस्थित बनाउन सरकारले प्रयास गरिरहेको बताए । नेपालको सीमानामा भएको जनसख्यालाई प्राथमिकता दिएर विकास निर्माणका गतिविधि,रोजगारी र गरिबी निवारणका कार्यक्रमहरू लैजानुको विकल्प नभएको उनको भनाइ छ  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?