रौतहट । राजदेवी नगरपालिका–७ मुडवलवा बस्ने २२ वर्षीय सुरज यादवको सोही ठाउँस्थित बागमती खोलामा डुबेर मृत्यु भएको छ ।
उक्त खोलामा मंगलबार बेलुकी डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बेलबिछवाबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा बिहीबार बिहान उनको शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया