भान्जीलाई यस्तो गर्ने २ मामाको यो हालत, अब बस्नुपर्नेछ आजीवन जेल

काठमाडौँ, १८ कात्तिक- भारतको अदालतले दश वर्षीया बालिका बलात्कारको अभियोगमा उनका दुईजना मामालाई आजीवन जेल सजाय तोकेको छ। भारतको सर्वोच्च अदालतले ती बालिकालाई उनकै जीवनका लागि खतरा हुने भन्दै गर्भपतन गर्नबाट रोकेपछि यो घटनाले त्यहाँको सञ्चारमाध्यमहरुको निकै ध्यान तानेको थियो। जुलाई महिनामा ती बालिकाले पेट दुखेको गुनासो गरेपछि चिकित्सककहाँ लैजाँदा उनी गर्भवती भएको थाहा भएको थियो। अगष्टमा उनले एक बालिकालाई जन्म दिइन्। शुरुमा शंका गरिएको उनको मामाको डिएनएसंग शिशुको डिएनए नमिलेपछि उनका भाइ गिरफ्तार गरिएका थिए। एउटा फास्ट ट्र्याक भनिने छिटो मुद्दा हेर्ने अदालतले सोमबार ती दुवै पुरुषलाई बलात्कारमा दोषी ठहर गरेको थियो। बिहीबार उनीहरुलाई सजाय तोकिएको हो। प्रतिवादी पक्षले आफ्ना बयान सोमबार सकेको थियो। बीबीसी हिन्दीका अनुसार जेठा मामाको मुद्दालाई एक महिना लागेको थियो भने कान्छाको सुनुवाई निकै छिटो १८ दिनमा सकिएको छ। यो दर्दनाक घटनाले भारत तथा विश्वभर निकै चर्चा पाएको थियो। चन्डीगढस्थित स्थानीय अदालतले ती बालिकाको गर्भ ३० हप्ता पुगिसकेको भन्दै उनको ज्यानमा जोखिम हुने ठानी गर्भपतन विरुद्ध फैसला दिएको थियो।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?