काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेका छन् ।
नेपालको संविधानको बमोजिम नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपति पौडेलले उहाँलाई नियुक्त गरेका हुन् ।
बूढानीलकण्ठ नगरपालिका–४ निवासी खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
गत माघ ३ गते संसदीय सुनुवाई समितिले खड्काविरुद्ध उजुरी आह्वान गरेको थियो । त्यस्तै आइतबार बसेको समितिको बैठकले सर्वसम्मतले नाम अनुमोदन गर्दै नियुक्तीका लागि सिफारिस गरेको थियो । सोही आधारमा राष्ट्रपति पौडेलले खड्कालाई नियुक्त गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया