२०७८,श्रावण,१९,मंगलवार

भान्जीलाई यस्तो गर्ने २ मामाको यो हालत, अब बस्नुपर्नेछ आजीवन जेल

२०७४,कार्तिक,१७,शुक्रवार १७:५६


काठमाडौँ, १८ कात्तिक- भारतको अदालतले दश वर्षीया बालिका बलात्कारको अभियोगमा उनका दुईजना मामालाई आजीवन जेल सजाय तोकेको छभारतको सर्वोच्च अदालतले ती बालिकालाई उनकै जीवनका लागि खतरा हुने भन्दै गर्भपतन गर्नबाट रोकेपछि यो घटनाले त्यहाँको सञ्चारमाध्यमहरुको निकै ध्यान तानेको थियोजुलाई महिनामा ती बालिकाले पेट दुखेको गुनासो गरेपछि चिकित्सककहाँ लैजाँदा उनी गर्भवती भएको थाहा भएको थियोअगष्टमा उनले एक बालिकालाई जन्म दिइन्। शुरुमा शंका गरिएको उनको मामाको डिएनएसंग शिशुको डिएनए नमिलेपछि उनका भाइ गिरफ्तार गरिएका थिएएउटा फास्ट ट्र्याक भनिने छिटो मुद्दा हेर्ने अदालतले सोमबार ती दुवै पुरुषलाई बलात्कारमा दोषी ठहर गरेको थियोबिहीबार उनीहरुलाई सजाय तोकिएको हो। प्रतिवादी पक्षले आफ्ना बयान सोमबार सकेको थियोबीबीसी हिन्दीका अनुसार जेठा मामाको मुद्दालाई एक महिना लागेको थियो भने कान्छाको सुनुवाई निकै छिटो १८ दिनमा सकिएको छयो दर्दनाक घटनाले भारत तथा विश्वभर निकै चर्चा पाएको थियोचन्डीगढस्थित स्थानीय अदालतले ती बालिकाको गर्भ ३० हप्ता पुगिसकेको भन्दै उनको ज्यानमा जोखिम हुने ठानी गर्भपतन विरुद्ध फैसला दिएको थियो 

प्रकाशित मिति: २०७४,कार्तिक,१७,शुक्रवार १७:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अफगानिस्तानको पश्चिमी भागमा रहेको हेरात शहरमा सुरक्षाबल र तालिबान लडाकूबीच भएको दोहोरो भीडन्तमा परी ४१ जना तालिबानी लडाकू

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट थप ३० हजार ५४९ जना सङ्क्रमित भएका छन् । कोरोना भाइरसबाट सङ्क्रमितको कूल सङ्ख्या

काठमाडौं । पछिल्लो हप्ता ग्रीनल्यान्डमा धेरै बरफ पग्लिएको डेन्मार्कका वैज्ञानिकहरुले बताएका छन् । वैज्ञानिकहरुले स्याटलाइटबाट तस्बिरहरुको जाँच गरी उक्त कुराको

काठमाडौं । अमेरिकी सरकारले २४ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ । उनीहरुको प्रवेशाज्ञा सेप्टेम्बर ३ सम्ममा सकिने भएकोले

ताजा समाचार

संसदमा महेश बस्नेतको त्यो कविता
 २०७८,श्रावण,१९,मंगलवार १४:५२